अस्पतालबाट ज्ञानेन्द्र शाही भन्छन-मलाइ मार्न खोजेका थिए बाँचेर आए,प्रहरी टुलुटुलु हेरेर बस्यो !

0

काठमान्डौ , चितवनमा कुटिएका भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीले आफुलाई मार्ने प्रयास भएको बताएका छन् । ट्रमा सेन्टरमा उपचार गरिरहेका शाहीले आफुलाई नेकपा कार्यकर्ताले मार्ने प्रयास गरेको बताएका हुन् । पत्र कार सँग सङ्क्षिप्त कुरा कानी गर्दै भने नेकपाका कार्यकर्ताले मलाई मार्नकै लागि ह*मला गरे प्रहरी टुलुटुलु रमिता हेरेर बस्यो । गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रेफर गरिएको हो।

 

आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ। शाही कुटिएपछि सामाजिक सञ्‍जालमा सो घटनाप्रति चर्को आलोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आक्रमण फासिष्ट प्रवृति भएको बताएका छन्।उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार विरोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सांघातिक प्रहार गर्ने क्रिया भयो त्यो फासिस्ट, अरिङगाले प्रवृत्ति हो। यसको बिरुद्ध सबै दलमा रहेका युवा हरुले विरोध गर्न अब पछि हट्नु हुदै न।’

 

देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार वि*रोधी कार्यक्रमको आयोजना गरेको थियो।सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए। वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताए।

 

घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्‍याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घाइते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।