सके धनले नसके स्वच्छ मनले शेयर गरेर लोक गायिका देवी पल्लीको ज्यान बचाऊँ

0

जिल्लाको लोकगायन प्रतियोगितमा प्रथम गुल्मी लोकताराको इतिहास रचेकी चर्चित गायिका देवी पल्ली दुबै मृगौला फेल भई यति बेला जिवनमरणको दोसाँधमा पुगेकी छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ४ बडागाउँ डाँडाथोक निवासी ४० वर्षीया पल्ली अहिले काठमाडौंको शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

 

घरको आर्थिक अवस्था दयानिय भएका कारण उनको उपचारका लागि सहयोग जुटाउन उनका आफन्तजनहरु सञ्चार माध्यमको सहारा लिन आएका हुन् । उनका मामा लोकप्रसाद छन्त्यालले भने, ‘भाञ्जीको उपचारका लागि उनको पुरै घर सम्पत्ति बेचे पनि नसकिने भएकोले सञ्चारमाध्यमको सहारा लिई सबैसँग सहयोगको हात फैलाउन बाध्य हुनुपरेको हो ।

 

उनका श्रीमान रमेश (गीता)पल्लीले श्रीमती बचाउनका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । तीन सन्तानकी आमा गायिका पल्लीको दुवै मृगौला फेल भएको एक महिना अघिमात्र शिक्षण अस्पतालले पत्ता लगाएको थियो । लोक दोहोरी प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले गायिका पल्लीको उपचारका लागि सबैसँग कलाकारहरुले सहयोग संकलनको अभियान चलाउने बताए ।

 

 

उनले सञ्चारमाध्यमले पनि यस अभियानमा सहयोग गरिदिन आग्रह गरे । लोकदोहोरी प्रतिष्ठान गुल्मीले २०७० सालमा प्रथम गुल्मी लोकतारा प्रतिस्पर्धा गराउँदा उनी जिल्लाभर मै उत्कृष्ट प्रतिस्पधी भई प्रथम गुल्मी लोकताराको उपाधि प्राप्त गरेकी थिइन् । त्यसपछि उनले दर्जनौ लोक गीतहरु बजारमा ल्याएर स्थापित गायिका बनेकी छन् ।

 

उनलाई सहयोग गर्न चाहने महानुभावले उनको श्रीमानको मोवाईल नम्वर ९८६९३२०५२३ र मामाको ९८४७५०६१७२ मा सम्पर्क राख्न सकिने जानकारी दिइएको छ । सके धनले नसके स्वच्छ मनले शेयर गरि मानवता निभाउ । रातो पाटि डटकम बाट ।