शुभ बिहानि : तपाईंको राशि अनुसार अाजको दिन कस्तो रहनेछ हेर्नुस् : २०७६ साल भाद्र ६ गते शुक्रबारको राशिफल

0

मेष– व्यापारबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् । पढाईमा त्यति रुची जाग्ने छैन । लेनदेन कारोवारमा सुधार आउनेछ । हरेक क्षेत्रमा आफ्नो भूमिकाको खोजी गर्नु होला । प्रयत्न गर्नु होला,अवसरको खोजीमा हुनुहुन्छ भने त्यो प्राप्त हुनसक्छ ।

 

वृष– सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । अहार विहारमा ध्यान दिन होला । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । यात्रा हुनसक्छ । इज्जतको ख्याल राख्नु होला ।

मिथुन– दिन प्रतिकुल देखिन्छ । अन्तिम चरणमा पुगेका काम पनि असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । लेनदेनमा समस्या आउनेछ ।

 

कर्कट– समयमा सामान्य सुधार आउनेछ । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ । लोभ मोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विना तयारी काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने काम गलमल हुनेछ । पढाईमा प्रगति हुनेछ ।

 

सिंह– सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तिलाई प्रयोग गरेर आफ्नो काम साधना गर्नु होला ।

 

कन्या– भ्रममा नपर्नु होला । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जानेछ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । आलस्यता नै शत्रु सम्झेर काम गर्नुु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । प्रेममा धोका हुनसक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ ।

 

तुला– पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईने छन् । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ । अरुको भर धेरै नपर्नू होला । विश्वास घात हुनसक्छ । मन विरक्तिनेछ । संचित धनमा ह्रास आउनेछ ।

 

वृश्चिक–समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणाका साथै सहयोग पनि मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नयाँ कुराको अध्ययन,अवलोकन र अनुभव गर्न पाईनेछ ।

 

धनु– लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । आफ्नै मान्छेले बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । मिथ्या आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार खस्किनेछ ।

मकर– दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि अगाडि बढ्नु होला । भ्रममा नपर्नु होला । आतुरमा कुनै काम नगर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला । मिलेर कुनै काम नगर्नु होला । पढाईमा प्रगति हुनेछ । फजुल खर्च घट्नेछ ।

 

कुम्भ– समय खराव देखिन्छ,सोचे जस्तो कहि हुने छैन । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । आफन्तसँगको विश्वास र भरोसा टुट्न सक्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । मिशनमा पुग्न गाह्रो हुनेछ । धन आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

 

मिन– समग्रमा दिन अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । झिना मसिना काममा नअल्झिनु होला । गरेका अधिकाँश काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । पढाईमा थोरै प्रगति हुनेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु बढ्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here