शालिकरामले भिडियोमा नाम लिएका युवराज कंडेलले मुख खोले

चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गराएको भिडियोमा रवी लामिछाने , युवराज कँडेल र अस्मीता कार्कीको नाम लिएका छन् ।

 

पूर्व सहकर्मी एव न्युज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलको पनि शालिकरामले नाम लिएका थिए । उक्त भिडियो बाहिरिएपछि युवराजले यस्तो लेखेका छन् ।

 

उनको स्टाटस यस्तो छ : मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालीकसँग जोडीदिएको छु,अनि अस्टे«लिया पठाइदिने लगाएतका यि यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु । सबैकुरा छानबिन होस ।हामीले कुनै अपराध गरेका छैनौँ ।

Comment Your Views

You may have missed