अधुरै रहयो छोरालाई डाक्टर बनाउने सपना…..

मलंगवा : सर्लाहीको मलंगवाबाट काठमाडौ जाँदै गरेको बस शुक्रबार बिहान त्रिशूली नदीमा ख*स्यो। बसमा सवार ब्रहम्पुरी गाउँ पालिका ४ त्रिभुवनगरका २० वर्षीय सौरभ रौनियार बे*पत्ता भएका छन्। छोरा बे*पत्ता भए पछि सौरभको परि वार पीडामा छ। एक्लो छोरा दु*र्घटनामा बे*पत्ता भएपछि सौरभकी आमा उषादेवी रौनियार अ*चेत बनेकी छन्।

 

उषा छिन्छिनमा मु*र्छा पर्छिन्। बुबा चन्देश्वरप्रसाद रौनियारका अनुसार बुधबार कुल देवताको पूजामा सह भागी भएर सौरभ मंगलबार घर आएका थिए । सौरभ काठमाडौंमा ठूलो बुबा र ठूली आमासँग बस्दै आएका थिए । उनलाई डाक्टर बनाउने सपना परिवारको थियो। उनी पनि परिवारको सपना पूरा गर्न लागि परेका थिए। सौरभ डेढ वर्षदेखि मेडिकलको तयारी गरिरहेका थिए। एकमात्र छोरालाई डाक्टर बनाउने सपना बस दु*र्घटनसँगै टु*टेर गएको छ।

 

छोरा बस दु*र्घटनामा परेर बे*पत्ता बनेपछि अब बाँच्ने सहारा सकिएको चन्देश्वरले बताए। बाल्यकालदेखि नै छोरो सौरभ पढ्नमा अब्बल थिए। उनले काठ माडौंकै सामुदायिक विद्यालयबाट कक्षा १ देखि १० सम्मको पढाइ सकेका थिए। ‘विद्यालय छोरा कहिले दोस्रो भएन्’, बुबा चन्द्रश्वरले भने, ‘एसएलसीमा स्कुल टप गरेपछि १० हजार पुरस्कार समेत पाएको थियो।’ १२ कक्षा पनि राम्रै अंक ल्याएका थिए।

 

मेडिकल शिक्षाका लागि उनले नाम निकालेपछि परिवारले डाक्टर बनाउने सपना देखेको थियो। ‘दु*र्घटनामा छोरा बे*पत्ता भएपछि परिवार र आफन्तले आँशु थाम्न सकेका छैनन्’ चन्देश्वरले रुदैं भने ‘बिरामीको उपचार गर्दै आएको देख्ने सपना थियो। तर, अ*ल्प आ*युमै छोरालाई दै*बले लग्यो।’ सौरभसँगै उनका ठूलो बुबा राजनारायण रौनियार र ठूलीआमा शोभा रौनियार पनि बे*पत्ता छन्। सँगै यात्रामा रहेकी १८ वर्षीय बहिनी स्वेता रौनियार भने बाँ*च्न सफल भएकी छन्। अन्नपुर्ण पोस्टवाट साभार

Comment Your Views

You may have missed