अनौठो कुरा : उत्तर कोरियामा राम्री युवतीलाई बनाइन्छ, सिधैं ट्राफिक प्रहरी

उत्तर कोरियामा सुन्दर युवतीहरुलाई मात्र रोजेर ट्राफिक प्रहरी बनाउन्छन् । त्यसैले उत्तर कोरियाको सुन्दर युवतीहरु सिधैं ट्राफिक प्रहरी बनाउने गरेका छन्

 

कोरियाको राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि आम कुरा हो । यतिमात्र होइन यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट पनि छ ।

 

यस वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ । वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेससमेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन् ।

 

यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामासमेत प्रयोग गरिन्छ । देशका युवतीहरु पनि यो जागिरको लागि मरिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्छ । उत्तर कोरियामा ट्राफिक सिग्नलको प्रचलन छैन। एजेन्सी

Comment Your Views

You may have missed