लामो समयपछि छोरी सँग भेट हुँदा एयरपोर्टमै रोइन् प्रिती आले

0

काठमाडौं /चर्चित गायिका प्रिती आले लामो समयको विदेश भ्रमणपछि स्वदेश फर्केकी छिन्, कार्यक्रमको सिलसिलामा युरोप लगायतका धेरै देशहरुमा पुगेर फर्केकी आलेलाई लिन श्रीमान सुवास केसी र छोरी गुराँस केसी एयरपोर्टमा पुगेका थिए ।

 

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी प्रिती आले प्रत्येक्ष दोहोरीमा झनै अब्बल छिन् । उनले गाएको दर्जनौं स्टेज लाइभ दोहोरीहरु अहिले पनि जताततै बजिरहेको सुन्न पाइन्छ ।

 

दोहोरी गायिकाको नामले परिचित आले पछिल्लो समय ब्याटल गायिका भनेर चर्चामा छिन् । गायक प्रकाश सपूत सँगको सहकार्यमा दोहोरी ब्याटल भाग १/ २ गाएपछि झनै लोकप्रिय बनेकी हुन आले’, ब्याटल भन्दा अगाडि पनि उनका धेरै गीतले सांगीतिक माहोल तताइरहेको थियो ।

 

सर्वाधिक चर्चामा आउन सफल गीत ‘फुल्यो बामरी’ पनि गायिका आलेले नै गाएकी हुन्, जस्मा श्रीमान सुवास केसीको शब्द संकलन र अभिनय रहेको थियो । सो गीत अहिलेसम्म पनि सबैमा मनमा बसेको छ ।करिब ४ महिनाको लामो विदेश बसाईपछि फर्किएकी आलेले अब निरन्तर गायनमै लाग्ने बताएकी छिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here