प्रचण्डलाई जे*ल हाल्न हिँडेका विष्टलाई रमेश खरेलको साथ !

प्रहरी प्रमुख हुन नपाएको झोकमा राजिनामा दिएर हिँडेका नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले प्रचण्डलाई जे*ल हाल्छु भनेर ३ महिनाको अल्टिमेटम दिएर हिँडिरहेका बर्हिगमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्ट सँग भेट गरेका छन् । प्रहरीको जिम्मेवारीमा रहँदानै नेता विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर चर्चामा आएका नेपाल प्रहरीमा रहँदा खरो व्यक्तिको परिचय बनाएका खरेलको विष्ट सँगको भेटलाई रहस्यमय रुपमा हेरिएको छ ।केहि दिन अघि मात्रै एक अनलाइनलाई अन्तवार्ता दिँदै नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले अब आफु चुप लागेर नबस्ने नेताहरुको सबै पोल खोलिदिने चेतवनी दिएका थिए ।

 

आफुलाई षड्यन्त्रपुर्वक नेपाल प्रहरीको प्रमुख बन्न नदिएको भनेर सार्वजनिक रुपमा बताउँदै आएका खरेलले प्रहरी प्रमुखमा सरकारले सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि खनाललाई सेल्युट गर्नु पर्छ भनेर प्रहरी सेवाबाटनै राजिनामा दिएर बाहिरिएका थिए ।अहिले विभिन्न समाजिक अभियानहरुमा सक्रिय रहेका खरेलले किन लेनिनलाई भेटे भन्ने कुरा रहस्यमय रहेको छ । केहि दिन अघि मात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई हेग लगे विश्वकै हिरो बनेर निस्कन्छु भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको अभिव्यक्ति पछि यो विषयले देशव्यापी रुपमा बहस निम्त्याएको छ ।

 

प्रचण्डले हेग लगे विश्वको हिरो बन्छु भने लत्ततै रमेश खरेलले लेनिनलाई भेट्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।खरेलसँग भेटको तस्बिर विष्टले आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । तस्विरमा खरेल विष्ट सँग मन्द मुस्कानमा रमाइरहेका देखिन्छन् ।प्रचण्डलाई थप दवाव दिन विष्टले पछिल्लो समय प्रचण्डका खासै अरुचीका भीआईपी पात्रहरुसँगको भेटलाई तिव्र बनाएका छन् । केहि दिन अघि मात्रै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग भेटेका उनले नेपाली सेनाका पूर्वप्रधानसेनापती रुक्मागंत कटुवालसँग पनि भेट गरिसकेका छन् ।

 

प्रचण्ड सपरिवार पारिवारिक काममा दुवैमा रहेका छन् तर नेपालमा प्रचण्डले दिएको अभिव्यक्ति र विष्टहरुको अभियान माथि तिव्र विवेचना भइरहेको छ । बहिगर्मित जनमुक्ति सेनाको टिमले आफ्ना माग पुरा गर्न ३ महिनाको समयसिमा दिएको छ । समयसिमा पनि करिब १ महिना सकिन लागेको छ । अब २ महिना सम्म पनि आफ्नो माग पुरा गर्न कुनै पहल नगरे हेगमा प्रचण्ड, बावुराम विरुद्ध कुनै हालतमा मुद्धा दायर गर्ने लेनिनले स्पष्ट पारेका छन् ।पहिलो टार्गेटमा प्रचण्ड र वावुराम माथि मुद्धा दायर गरिने उनले बताएका छन् । प्रचण्डलाई हेग लान हिँडका विष्टलाई भिआइपीको साथले पनि यो विषय थप पेचिलो बन्दै गएको छ ।

 

प्रचण्डलाई हेग लान लेनिन विष्ट मात्रै चाहन्छन् की इश्वर पोखरेल , रुक्मागंत कटुवाल र रमेश खरेलहरु पनि चाहन्छन् भन्ने गम्भिर प्रश्न खडा भएको छ ।त्यस्तै हेग पुगे हिरो हुन्छन् की जिरो हुन्छन् प्रचण्ड ?कञ्चनपुरकी किशोरी निर्मला पन्तको बला*त्कारपछि ह*त्या गरिएको घटनाले वर्ष दिन काट्नै लाग्दा गृह मन्त्रालयले आफ्नो वार्षिक कार्यसमीक्षाका साथै भावी योजनाका बुँदाहरू सार्वजनिक गऱ्यो । वर्षभरिको कामबारे धारणा राख्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले आफ्नो मन्त्रालयले वर्ष ०७५र७६ मा लिएको जिम्मेवारी कार्यान्वयनमा सफलता हासिल गरेको दाबी गरे ।

 

सफलताको बखानकै क्रममा उनले निर्मलामाथि भएझैँ बला*त्कार र ह*त्याका घटना ‘हिजो पनि भएको, आज पनि चलिरहेको र भोलि पनि रहने’ अभिव्यक्ति दिए । सो प्रकरणसँग जोडिएको वास्तविक अप*राधी निर्क्योल हुन नसकी सरकार बदनाम बनिरहेको परिवेशमा उनले बदनामीको थप खुराक पस्किदिए, नेपालमा बला*त्कार हुन्थ्यो, हुँदै छ र भइरहनेछ भन्ने आसय प्रकट गरेर ।कुनै पनि मुलुकमा त्यहाँको समाज, विकास तथा आर्थिक अवस्था, नागरिकका सोच–स्वभाव, शासन वा शासकीय अवस्था आदिका आधारमा अपराधका घटना घटिरहेका हुन्छन् ।

 

अपराधका अनेक रूपमध्ये बला*त्कार एक यस्तो अपराध हो जसलाई विश्वका कस्तै अराजक वा शान्ति–सुरक्षाको मामलामा बदनाम मुलुकले पनि स्वाभाविक ठानेर आँखा चिम्लिएको पाइँदैन ।नेपालजस्तो धार्मिक तथा सामाजिक मूल्य–मान्यता वा परम्परापरायण मुलुकमा त यसको गुञ्जायस रहने कल्पना गर्नै सकिन्न । यस्तोमा गृह मन्त्रालयको दायित्व बोकेका पात्रबाट अनर्थपूर्ण सन्देश प्रवाहित हुुने गरी हल्काफुल्का अभिव्यक्ति सार्वजनिक गरिनुलाई घोर विडम्बनाको विषयको रूपमा चित्रण गरेर मात्र पुग्दैन ।गृहमन्त्री थापाको उक्त अभिव्यक्तिको अन्तर्यमा वक्ताको मात्र नभई सिङ्गै मुलुकको छवि धुलिसात तुल्याउन सक्ने सामर्थ्य लुकेको छ ।

 

गृहमन्त्री हुनुको नाताले बला*त्कार र ह*त्या मात्र नभई जुनकुनै प्रकारका अपराधबाट मुक्त तुल्याउन आफू प्रतिबद्ध रहेको विश्वास उनले दिलाउन सक्नुपर्थ्यो, कमी–कमजोरी स्वीकार गरी त्यसैबाट पाठ सिकेर अघि बढ्ने प्रतिबद्धता जनाउन हिच्किचाहट दर्शाउनु हुँदैनथ्यो । काम देखाउने दम नभए पनि गर्छु भन्ने हिम्मत देखाउनुपर्ने थियो ।व्यवहारमा अनेक हिसाबले चुक्दै आएका गृहमन्त्री थापा अभिव्यक्तिमा समेत नराम्रोसँग चुके, चिप्लिए । देश यतिबेला कस्ता सोच र क्षमता बोकेका पात्रहरूबाट डोहोरिँदै छ भन्ने एक ज्वलन्त उदाहरण हो यो ।

 

उदाहरण फगत गृहमन्त्री थापा होइनन्, थापासम्बद्ध राजनीतिक दलका यावत् पात्र र शीर्षतम् नेताहरू नै अत्यन्त हलुका, गैरजिम्मेवार तथा देश र जनताप्रति अनुत्तरदायी प्रतीत हुँदै आएका छन् । यहाँनेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको एउटा ताजा अभिव्यक्तिको प्रसङ्ग कोट्याउनु सान्दर्भिक हुनेछ ।सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)मार्फत मानवअधिकार उल्लङ्घनका अपराधहरूमा न्याय दिलाउने प्रतिबद्धता पूरा गर्न नेपाल असफल भएको भनी अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले निष्कर्ष सार्वजनिक गरेकै दिन दाहालले बडो गर्वपूर्वक उद्घोष गरे– ‘मलाई हेग पुऱ्याएर देखाऊ, झन् हिरो हुनेछु !’

 

नेपालको सङ्क्रमणकालीन न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायबाट यसरी अहिलेसम्मकै क*डा प्रहार भएको अवस्थामा दाहालले यसरी हल्का अभिव्यक्ति दिनु विडम्बनापूर्ण छ । हजारौँले ज्यान गुमाउनुपरेको द्वन्द्वको घटनाका मूल पात्र, जसको काँधमा द्वन्द्वपीडितलाई न्याय दिलाउने र मुलुकलाई शान्तिको मार्गमा हिँडाउने सघन दायित्व पनि रहेको छ, यस तहका नेताले अन्तर्राष्ट्रिय स्तरको अपराधमा संलग्न पात्रलाई उभ्याइने अदालतमा पुग्ने सन्दर्भलाई ‘गर्व’को विषय ठान्नु दुखदाश्चर्य हो ।

 

‘हेग’मा उभिन पाए आफूलाई संसारले चिन्ने थियो भन्ने मनसुवा प्रकट गर्दै गर्दा दाहालले एउटा अत्यन्त संवेदनशील पक्षचाहिँ चटक्कै बिर्सिए । ‘हेग’मा उभिन पाउनु उनका लागि ‘गर्व’को विषय बने पनि नेपालका एक उच्च तहका नेता अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभिँदै गर्दा विश्व–समुदायबीच नेपालको इज्जत कहाँ रहला ? वास्तवमा त्यतिबेला मुलुक ठूलो बदनामी व्यहोर्न विवश हुनेछ भन्ने हेक्का उनले राख्नुपर्ने हो ।

 

तथापि, दाहालको ‘गर्वानुभूति’को निम्ति सिङ्गै नेपालले आफ्नो इज्जत लिलाम गरिदिन नमिले पनि यदि ‘हेग’मा पुग्नैपर्ने उनको कर्म हो भने त्यो रोकेर पनि रोकिन्न । ‘हेग’ पुगे ‘हिरो’ बनिने उनको अभिव्यक्ति अन्तःष्करणको बोली हो या भयग्रस्त मानसिकताको उपज, योचाहिँ विश्लेषणको बेग्लै पाटो हो ।ओटिभी नेपाल बाट

Comment Your Views

You may have missed