सुत्ने बेला यी चिज सिरानिमा राखेर सुत्नुस, भोलि बाटै सुरु हुनेछ चामात्कारिक लाभ।

काठमाडाैं : शास्त्र भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

 

हनुमान चालिसा– हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

 

फलामको उपकरण– सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ ।वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो । –

 

मुला– सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

 

फूल- सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ– दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।अचम्म !

 

विश्वकै शक्तिशाली मन्दिर जे मागेपनि पूरा हुन्छ, तस्बिरबाटै दर्शन गरी सेयर गराैं

मानिस आफैमा विवेकशील प्राणी हाे । संसारमा जति पनि विकास भएकाे छ । याे मानिसकै देन हाे । तर यति हुँदाहुँदै पनि हामी अलाैकिक शक्तिमा विश्वास गर्छाैं । उसकै कारणले याे सफलता मिलेकाे हाे भन्न पनि पछि हट्दैनाैं ।

 

भगवान, इश्वर, अल्लाह जे जे ले पुकारेपनि देवत्वमा विश्वास नगर्ने मानिस विश्वमा नै कम छन् । हुनपनि हो आखिर सृष्टिमा केही न केही अलाैकिक शक्तिको देन छ । यही मन्दिरहरुमा अति विश्वास भएको ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् ।

Comment Your Views

You may have missed