यी हुन् थोरैमा काम सकिएको भन्दै राज्यलाई ४० लाख फिर्ता गर्ने पहिलो ठेकेदार : सम्मान स्वरुप १ सेयर गर्नुहोला

0

समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् ।

 

अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् ।रामेछाप को सदरमुकाम मन्थलीमा सात वटा सरकारी भवन सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको छ ।

 

भुकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने क्रममा ठेकेदार व्यवसायिले आफुहरुसंग भएको सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको हो ।

 

सुनकोसी/ खानी/ थोदुङ जेभी नामक निर्माण कम्पनीले जिम्मा लिएको १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँको सझौता भएकोमा १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तिस रुपैयाँमै निर्धारित गुणस्तरको भवन निर्माण सम्पन्न गरेको निर्माण व्यवसायी रामबावु घिमिरेको भनाई छ ।

 

यसरी हेर्दा बाँकी रकम करिब ३९ लाख ८५ हजार आठ सय तेह्र रुपैयाँ राज्यकोषमा रकम बचेको छ । तिन वटा सरकारी कार्यालयहरु खानेपानी डिभिजन कार्यालयको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय बयासी रुपैयाँ, शहरी विकास फिल्ड कार्यालयको लागि ५ करोड ७६ लाख ७२ हजार एक साय चार रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवासको लागि २ करोड २४ लाख ३७ हजार चवालिस रुपैयाँ रकम खर्चेका छन् ।

 

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भुकम्प पश्चातको पुणर्निर्माण अन्तर्गत एसियाली विकास वैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानी साझेदारीमा उक्त भवनहरु निर्माण भएको हो ।

 

निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा अपाङ्ग मैत्री रहेका छन् ।

 

निर्माण सम्पन्न भएका उक्त भवनहरु राष्ट्रिय पुणर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभाकरलाल कर्णले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई शुक्रबार चावि हस्तान्तरण गरेका छन् ।