‘वाह ! नेपाल एयरलाइन्स’ बनाउनु छ भने घाम तापेर बसेका ग्राउण्डेड विमानलाई दिनदिनै पुछ्न खटाउनुस् मन्त्रीज्यु !

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मन्त्रीको पदको सपथ खाएसँगै भन्नुभएको छ कि नेपाल एयर लाइन्सलाई ‘वाह नेपाल एयरलाइन्स’ बनाउनेछु । वाह ! मन्त्रीज्यु, यो प्रतिबद्धताका लागि तपाईको तारिफ नगरी रहन सकिँदैन । तपाईजत्तिको नेताले भन्नलाई भन्नुभएको होइन, गर्नलाई भन्नु भएको हो भन्ने विश्वास गर्न चाहन्छु ।

 

नवनियुतm मन्त्रीज्यु, नेपाल एयर लाइन्सलाई वाह भन्ने बनाउने हो भने कति समय लाग्छ होला ? तपाई भन्नुहोला– यत्रो बेथिती छ, २÷४ वर्ष त पक्कै लाग्छ । तर म भन्छु १ मिनेट मात्र लाग्छ, १ मिनेट । एउटा त्यस्तो एक मिनेट, जसमा तपाईले निर्णय गर्नुपर्यो कि म जतिसुकै ठुलो दबाव आएपनि नेपाल एयरलाइन्सलाई टाट पल्टाउनेहरुलाई निकालेरै छोड्नेछु ।

 

यो निर्णय र आँट गर्न १ मिनेटभन्दा बढी समय लाग्दैन र जुन दिन र जुन क्षण तपाईंले यो निर्णय गर्नु हुन्छ, बस् त्यही मिनेटबाट नेपाल एयरलाइन्स वाह भन्नलायक हुनेछ । तपाई जत्तिको नेतामा पनि आँट छैन जस्तो मलाई लाग्दैन र यति गरेर तपाईले मन्त्री पद त्याग्नुभयो भने यो देशको इतिहासमा सबैभन्दा सफल मन्त्री नै तपाई हुनुहुने छ । निर्णय तपाईंको– १ मिनेटमा संकल्प गर्ने कि ४ वर्षमा २/४ वटा पपुलर काम र कुरा गरेर कुर्सी ओगट्ने ?

 

याँ जोगीले एक्ट्रा खरानी घस्छ, त्यसैले सोसियल मिडियामा वाहवाही पाउनेतिर केन्द्रित भएर टाइम वेष्ट गर्दै नगर्नुस् । नेपाल एयर लाइन्स डुबाउनेहरु जिउँदै छन। पार्टी हाइकमाण्डलाई त्यस्ताको पक्ष नलिन मनाउनुस् । पद सम्हाल्ना साथ तपाई माथि जाइलाग्न मन छैन, त्यसैले तपाईलाई सहयोग गर्दै केही टिप्स दिन सान्दर्भिक ठान्दछु ।

 

एक, नेपाल एयरलाइन्ससँग प्रशिक्षक पाइलट बन्न सक्षम ६जना वरिष्ठ पाइलट हुँदाहुँदै प्रतिव्यक्ति २० हजार डलर स्यालरी दिएर ७ जना विदेशी पाइलट राखिएको छ। अर्को २ जना पनि थपिएको भन्ने सुनेका छौँ। के उद्देश्यले राष्ट्रको ढुकुटीबाट यत्रो पैसा दिइएको हो ? दुई, हप्तामा ७ दिन, अर्थात् दैनिक एक उडान हुने दुबई गन्तव्य कटौती गरी हप्तामा ३ दिन मात्र राखिएको छ ।

 

त्यत्रो पैसा तिरेर ल्याइएको वाइडबढी जम्मा दिनमा ९ घण्टा मात्र उड्छ जबकि यसलाई १६ घण्टासम्म उडाउन सकिन्छ । बाँकी समय यो विमान घाम तापेर बसि रहेको हुन्छ । खोइ थपेको नयाँ गन्तव्य ? तीन, हप्तामा १७ वटा उडान भएको दिल्लीको फ्लाइट, दशैँ–तिहारजस्तो सिजनमा बढाउनु पर्नेमा घटाएर १४ वटा बनाइँदै छ । कारण के होला त ?

 

चार, निगमसँग भएको एउटा ७५७ विमान मर्मतको लागि २०७५ कार्तिकमा मलेशिया गयो, ठुलो खर्चमा मर्मत भएर ८१ दिन पछि काठमाडौँ आयो । तर जनवरी १६ मा आएको विमानले आजसम्म एउटा पनि उडान गरेको छैन । पाँच, डोमेस्टिक अन्तर्गतका ७ वटा विमान ग्राउण्डेड छन् । छ, भविष्यका लागि कुनै पनि प्रशिक्षक पाइलट निर्माण गर्ने योजना नै छैन ।

 

सात, नियुक्ति लिँदा श्वेतपत्र जारी गर्दै महानिर्देशकले के–के भनेका थिए, के–के पूरा भए ? बोलेको कुरा पूरा नगर्ने भए मोबाइलमा क्यारम बोर्ड खोलेर बस्नु ठिक छ । नेपाल एयर लाइन्समा गएर झिँगा मार्नुहुन्न । कुनै पनि विमानलाई ग्राउण्डेड हुन दिन्नँ भन्नेलाई घाम तापेर बसेका ग्राउण्डेड विमानहरु दिनदिनै पुछ्न खटाउनुस् मन्त्रीज्यु ।

 

आठ, कुनचाहिँ कमिशनखोरले चालक दलका सदस्यलाई राख्न भनी दुबईको ४ स्टार होटलसँग ५ स्टार हो भनेर सम्झौता ग¥यो। सम्झौता–पत्र भोलि बिहान १०बजेर १ मिनेट जाँदा चाहियो भन्नुस्, सम्झौता गर्ने कमिशनखोर पनि मन्त्रालयमा १० बजेर २ मिनेट जाँदा चाहियो भन्नुस् । नौ, निगमसँग २ जना प्रशिक्षक पाइलट छन्, दुवैलाई तालिममा बाहिर पठाएर अरु पाइलटको तालिम हुन सकेको छैन ।

 

भोलि बिहानको फस्ट फ्लाइटमा एकजनालाई हाजिर गराउनुहोला । र दश, वाइडबढी घोटाला । माननीय मन्त्रीज्यु, फ्राङक्ली भनौँ– यति ठूलो काण्डको पर्दाफास गर्न तपाईंले सक्नुहोला वा तपाईलाई गर्न देलान् भन्ने कुरामा विश्वास मान्न सकिनँ। बाँकी ९ वटा बुँदा मा केही गर्नुभो भने चाहिँ तपाईलाई जोडदार सलाम गर्नेछाैँ । विस यु अन्ली द वेष्ट हनरेवल मिनिस्टर ! न्यज २४ पोस्ट बाट

Comment Your Views

You may have missed