मलेसियामा कार्यरत बैतडीका मीन बहादुरको सडक दुर्घटनामा परि निधन

अर्पण मगर/ मलेसिया विगत ४ वर्ष अघि सुन्दर भविष्यको सपना बुनेर वैदेशिक रोजगारीका लागि मलेसिया उडेका बैतडी जिल्लाका पुर्चौडि नगरपालिका ४ धौलकाडा निवासी राम बहादुर धानुकका छोरा मीन बहादुर धानुको सपना सपनामै विलिन भएको छ।

मलेसियाको सेलाङ्गर राज्य अन्तर्गत रहेको KESM INDUSTRIES कम्पनीमा काम गर्दै अाइरहेका धानुक सोमवार काम सकेर बेलुकी साथीहरू संग भेटघाट गरि राती अाफ्नो कोठा फर्किने क्रममा बाटो काट्दा विपरीत दिशाबाट आएको गाडीको ठक्कर बाट घटनास्थलमै ज्यान गुमाए।

 

भर्खरै बिबाह गरेर प्रवासिएका धानुको मृत्युको खबरले पूरा गाउँनै स्तब्ध बनेको छ। धन कमाउन भनी उडेका मीन बहादुर काठको बाकसमा फर्केला भन्ने सपनामा पनि नसोचेको उनको परिवारमा अहिले आसुको धारा अझै रोकिएको छैन। मृतकको शव अहिले पिजेको असुन्ता अस्पतालमा रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि चाडै नै नेपाल पठाउने तयारी भईरहेको मृतकका छिमेकी रेन्द्र राजाले जानकारी दिनुभयो।

Comment Your Views

You may have missed