ज्वाला संग्रौलाको कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई कडा जवाफ : यति धेरै भुकम्पको झट्का किन ?

0

रवि लामिछानेले निर्मला हत्या काण्ड बिषयमा बोली रहदा कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई यति धेरै भुकम्पको झट्का किन ! अब शंका यिनि माथि पनि गर्ने कि नगर्ने !खेम भण्डारी र रवि लामिछानेको कुरा हामीले सुनिसक्यौं,  रबिले यो हाम्रो आधिकारिक धारणा हैन यसबारे बहस र छलफल गरौ राज्यलाइ सहयोग गरौ भनेर एउटा कार्यक्रम प्रस्तोता र संचारकर्मीको धर्म निभाएको छ तर आफूलाई बरिष्ठ पत्रकार , गरिबको न्यायका लागि कुटिएको ब्यक्ति भनेर दुनियाको सेन्टिमेन्टसँग खेल्दै हिँडने खेम भण्डारीले चाहि जनतालाई उरालेर र आफ्नो फेशबुक स्टाटस मार्फत आगोमा घ्यु थप्ने काम गरिरहेको देखिन्छ।जनतालाई भ्रममा पारेर निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धान लाई प्रभावित पार्न उक्त घटनालाई आन्दोलनको रुपमा परिणत गर्ने पत्रकार खेम भण्डारी नै हुन् । सोझा जनतालाई दिग्भ्रमीत गरि भिडलाई हौस्याएर हिंसात्मक आन्दोलनमा होम्ने पत्रुकार चाटुकार चाहे जो सुकौ होस त्यसलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ !

 

खेम भण्डारीले रातभरी घोकेर बिहान आफ्नै युट्युब च्यानलमा अन्तर्बार्ता दिनुको सट्टा रबि लामिछानेसँग सम्पर्कमा आउनु पर्ने हो कि होइन जबकी News 24 मा यो घटनाको बारे त्यत्रो चिरफार भैसकेको थियो। प्रत्ययक्षदर्शी महिलालाई लुकाउन पाईदैन भन्ने खेम भण्डारीको तर्क  हो भने आफूले बारम्बार बलात्कारी vip हो भनेर ठोकुवा गरेर फेशबुक मार्फत यो सिंगो घटनालाई गुमराहमा पार्ने प्रयास गरिरहँदा उनले पनि भनिदिनु पर्यो कि त्यो vip बलात्कारी को हो. ..! आफूलाई पत्रकार हुँ , राज्यको चौथो अँग हुँ भनि दाबी गर्ने बरिष्ठले न्याय र कानुन बिपरित घटनालाई मोडेर दंगा फैलाउने कि कानुनलाई र प्रशासनलाई पनि सहयोग गर्ने?

 

म लोकतन्त्रको लागि लड्दा अमेरिकामा भाँडा माझ्दै थिए केहि ब्यक्तिहरु भनेर खेमले छटपटी ओकलीरहँदा यो चाहिँ बिर्सेछन् कि तिनै अमेरिकामा भाँडा माझ्नेहरुले तिनी र तिनका लोकतन्त्रका टाउके बादशाहलाई खसी पाले झैं पाल्न आफ्नो परिवारबाट टाढा भएर , आफ्नो सपना, आयु र पसिना बिदेशमा बेचेर रेमिट्यान्स पठाईरहेका थिए! तसर्थ खेम भण्डारीले थुतुनो र दिमाग सहि ठाउँमा दल्नु होला।आज देशमा एकमात्र सत्य र निडर पत्रकारिता गर्ने रबि लामिछाने मात्र हुन्। चुनाबमा मेयरको पद नपाएर भड्किएका स्वघोषित बरिष्ठले रबि लामिछाने लाई नैतिकताको पाठ पनि नसिकाउन्! अझै केहि बिग्रेको छैन, एकपटक यी साला भेना दुबैलाई कस्टडीमा राखेर फेरि अनुसन्धान गरिनु पर्छ। रबि लामिछाने कुनै बलात्कारी जोगाउन अन्टसन्ट स्टाटस लेखेर रातारात भाईरल भएका पत्रकार होइनन्, देशका गरिब जनताका आशाका धरोहर हुन्। उनैको कार्यक्रम बाट कैयौ भ्रस्टाचारी जेल गएका छन्, नेताका पाल्तु ठेकेदार बहुलाएर जंगल पसेका छन्, ठगहरुले खाएको पैसा उनको नाम लिनासाथ वापस आएको छ, हराएका आफन्तहरु भेटिएका छन्, कति दलालहरुको जागिर चट भएको छ, गैरकानुनी धन्दाका मालिकहरु भूमिगत भएका छन्, हजारौ दुखमा परेका हरुको उद्दार भएको छ, सबैभन्दा लामो टक सो चलाएर गिनीज़ बुकमा नेपालको नाम चढाएका छन्, तराईमा डुबान पर्दा मुसहर बस्ती बसाए, कालीकोट रास्कोटमा उनकै अगुवाईमा रास्कोट अस्पताल बन्दै छ, त्यहाँ हजारौं जीवनको सम्भावना गुमाईसकेका गरिबहरुले उपचार पाउने छन्, को बन्छ करोडपतिमा जितेको १२ लाख पनि अस्पतालमै लगाए, भ्रष्टहरुको मुटुमा सुनामी आउने गरि निडर र निर्भीक भएर ज्यानको बाजी थापेर दिनैपिच्छे कराएका करायै छन्।रबिलाई औकात सिकाउने ए औतारी खेम, तिम्रो हैसियत चाहि के हो? के गर्यौ देश र जनताको लागि पत्रकारको परिचयपत्र निधारमा टाँसेर? ल मसँग बहस गर्न आऊ..! तिमीले लोकतन्त्रको लागि ठड्याएको चोर औंला भन्दा अमेरिकामा भाँडा माझेर देश बनाउन फर्किएका रबिका स्वाभिमानी हातहरु कति हो कति महान् छन्..! मिडिया र कानुनलाई  यसरी सरेआम मेनिपुलेट गर्ने अधिकार तिम्लाई कस्ले दियो हँ?  👈

#IamWith_Rabi_Lamichhane !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵