११ बर्षको छोरा र सात बर्षकी छोरीलाई घरमा एक्लै छोडेर श्रीमती हराईन् । भारतबाट श्रीमानले रुदै फोन गरे ( सबैले सेयर गरिदिनुहोला )

0

दाङ, तुल्सीपुर, रानीजरुवा ५ का भविन बिक भारतको हिमान्चलमा तरकारी पसलमा काम गर्दछन् । २७ बर्षकी श्रीमती मनिता बि.कसँगै ११ बर्षका छोरा ७ बर्षकी छोरीलाई छोडेर परदेश पुगेका भविन साउन १ गतेदेखि साह्रै नै तनावमा छन् । छोरा छोरीलाई घरमा छोडेर सल्यान काकाको घरमा जान्छु भनेर गएकी मनिता साउन १ गतेदेखि बेपत्ता छिन् । उनको मोबाईल नँमा फोन गर्दा स्विच अफ आउँछ । छोरा छोरी घरमा एक्लै छन् । सबैतिर खोज्दा नि उनी भेटिईनन् ।

 

बिचमा भविन घरमा आए, प्रहरीमा रिपोर्ट गरे तर साचे अनुसारको खोजी कार्य नभएको भन्दै फेरी भारत फर्केका भविनले रुदै हामीलाई फोन गरे र रुदै भने ‘मेरो छोरा छोरीको बिचल्ली भएको छ कृपया मेरी श्रीमती खोज्न मलाई सहयोग गरिदिनुहोस’.. कृपया यो पोष्टलाई सबैले शेयर गरिदिनुहोला । भविनको कलिला छोराछोरीको बिचल्ली भएको छ। हाम्रो आमा खोई भन्दै रुदैछन् । मनितालाई देख्नुहुनेले 9810826691 मा सम्पर्क गरिदिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here