कैलाली : धारिलो हतियार प्रयोग गरी बुवाको ह**त्या : रहस्य यस्तो रहेछ (भिडियो सहित )

धनगढी । धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् । घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

 

बाबुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय, सुखडका अनुसार उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

 

घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

भिडियो हेेेर्नुस् 

Comment Your Views

You may have missed