घाटमा पुर्‍याएकी नर्मदाको ‘डायलसिस’ शुरु -भिडियो सहित

0

अस्पतालबाट दाहसंस्कारका लागि रिडी घाटमा पु‍¥याइएकी नर्मदा ज्ञवालीको लुम्बिनी मेडिकल कलेजमा मृगौलाको डायलसिस शुरु गरिएको छ ।

 

रैनादेवी छहरा गाउँपालिका—१, सिद्धेश्वर असारे निवासी ३६ वर्षकी ज्ञवालीलाई सोमबार अन्तिम संस्कार गर्न भनेर रिडी घाटमा पु‍¥याइएको थियो । तर घाटमा अर्धजल दिने बेलामा उनी जिउँदो रहेको पत्ता लागेपछि तत्कालै रिडी प्राथमिक उपचार केन्द्रमा लगिएको थियो । थप उपचारका लागि तानसेन प्रभाषस्थित लुम्बिनी मेडिकल कलेजमा सोमबार राति लागि लगिएको थियो । ज्ञवालीको स्वास्थ्यमा थप सुधार हुँदै गएको र बिहीबार मृगौलाको डायलसिस शुरु गरिएको बिरामीका आफन्त भेषराज पोखरेलले जानकारी दिनुभयो ।

 

असार २५ गते गाउँमा फैलिएको झाडापखालाका कारण गम्भीर बिरामी परेकी ज्ञवालीको १० दिनदेखि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो ।

 

उपचारको क्रममा निको नभएपछि मिसन अस्पतालका चिकित्सकले डायलपसिस गर्नुपर्ने सल्लाह बिरामीका आफन्तलाई दिएका थिए । तर बिरामीका आफन्तबाट २–३ दिनसम्म पनि डायलसिसका लागि पहल नभएपछि आफन्तकै सल्लाहमा अस्पतालबाट डिस्चार्ज गरिदिएकाे अस्पतालले प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here