अाफ्नो जन्मदिन नमुना अध्ययन गृहमा मनाउदै १० हजार अक्ष्यकोषको लागि सहयोग

0

लम्कि, ८ श्रावण : लम्की चुहा न. पा. १ मा अबस्थित बालकल्याण माध्यामिक बिधालयमा अध्ययनरत पुजा जैशीले आफ्नो १४ औ जन्मदिन नमुना अध्ययन गृहमा मनाउनु भएको छ ।

 

अाफु जन्मेको जन्मदिन मान्छेले अा-अाफ्नै तरिकाले मनाउछन्, ८ कक्षामा पढ्दै गरेकि पुजा बहिनिले अाफ्नो जन्मदिन फरक तरिकाले मनाएकिछिन् । घरमा बुवा-अामा, अाफन्त, साथि भाई संग मनाउनु पर्ने जन्मदिन नमुना अध्यययन गृहका बिद्यार्थी संग मनाईन् । धुमधाम संग पार्टि गरेर फजुल खर्च गर्नु हुन्न भन्ने सोचले चार बर्षदेखि विभिन्न चाडपर्बहरुमा अभिभावकहरुले दिएको दक्षिणा बाट जम्मा भएको रु १० हजार नमुना अध्ययन गृहको अक्षय कोषको लागि सहयोग समेत गर्नुभयो । यति सानै उमेरमा यस्तो सोच यी सानि बहिनिमा कसरी अायो होला ? हामी पनि सोचमग्न छौ ।

 

पछिल्लो समयमा समाजमा राम्रो काम गर्नुपर्छ भन्ने सबैले बुझ्दै गएका छन्  नमूना अध्ययन गृहलाई स्थानीयहरुको सहयोग एकदमै बढिरहेको छ । फेसबुक मार्फत अभियान चलाएर सहयोग रकम उठाई लम्किको मुक्त कमैया बस्तीमा बनेको “नमुना अध्ययन गृहको अक्षय कोष स्थापनाका लागि सम्पुर्ण देश-बिदेशमा बस्नुहुने नेपालिहरुले सहयोग गरिदिनुहुन अध्यक्ष जनक सुनारले अपिल गर्नुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here