यस्तो हुनुपर्छ प्रमुख: जसले गाडी किन्ने रकमले जनतालाई किने एम्वुलेन्स ! पुरा पढेर सम्मान स्वरूप शेयर गरौ !!

0

प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेको छ।

मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले यस्तो उदाहणीय कार्य गरेका हुन् ।

 

‘गत बर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्ट्याएका थियौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, ‘उहाँले मान्नु भएन , विकट गाउँका जनता विरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन् उनीहरुलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्स किनौं भन्नु भयो र यसै हप्ता दुई वटा एम्वुलेन्स गरि यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौं ।’

 

मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्वर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको दुई वटा एम्वुलेन्सको मूल्य २१ लाख १४ हजार रहेको छ । एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा खुशी भएका छन् ।

 

गाउँपालिका प्रमुख केसीले यातायात सुविधा नपुगेका गाउँमा ७५ किलोमिटर नयाँ मोटर बाटो खनेर सुविधा समेत प्रदान गरेका छन् ।

 

यो पनि पढ्नुहोस्

 

किसानलाई पेन्सनको सुविधा दिने बुढीगंगा देशकै पहिलो नगरपालिका बन्दै

बाजुराको बुढीगङ्गा नगरपालिकाले तेस्रो नगरसभाबाट किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गर्दै पेन्सनको सुविधा दिने निर्णय गरेको छ। नगरप्रमुख दीपकविक्रम शाहका अनुसार देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो स्थानीय निकाय हो। ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् ।

 

तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताए। किसानलाई शुरुमा रु ५०० देखि रु एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको उपप्रमुख तारा खातीले बताए। रु ५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति सहित ८० लाखको बजेट विनियोजन पनि नगरपालिकाले गरेको छ।

 

त्यसैगरी नगरपालिकाले नगरबस सञ्चालन गर्ने निर्णय जिल्लाका अरु नौ स्थानीय तहभन्दा बुढीगङ्गाले फरक गरेको छ। एक करोड बजेट विनियोजन गरेर बुढीगङ्गाले असोजसम्म नगरवासीलाई लक्षित गरी नगरबस सञ्चालन गर्ने निर्णय गरेको हो । सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकतालाई मध्यजनर गरेर निर्णय गरिएको वडा नं ९ का अध्यक्ष भरतबहादुर थापाको भनाइ छ ।

 

नगरपालिकाले ‘तपाईंको मेहनत हाम्रो लगानी’ र स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट विनियोेजन गरेको छ भने नगरकै जेसिबी तथा डोजर र टिपरसमेत खरीद गर्ने निर्णय गरेको छ । नगरसभाले त्यसका लागि पनि एक करोड बजेट छुट्याएको छ । यसै वर्षमा वडा भवन निर्माण गर्ने, नगरपालिकाको सुविधासम्पन्न भवन निर्माणको काम अघि बढाउने र विकासका लागि बुढीगङ्गा विकास सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै दुई सय भन्दा बढी बिरुवा रोप्ने, पाँच रोपनीमा तरकारी खेती गर्ने, पाँचभन्दा बढी गाई–भैँसीपालन गर्ने लक्ष्य नगरले लिएको छ ।

 

कृषकलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले प्रतिक्रिया दिए। स्थानीयवासीसमेत रहनुभएका जैशीले किसान महासङ्घले छलफलमा ल्याए पनि कार्यान्वनका लागि बुढीगङ्गाले पहिलो निर्णय गरेको बताएका छन्। विकासमा नयाँपन नआएको र विकास बजेटसमेत खर्च नगरेको आरोप लागिरहेको बेला ल्याइएको नीति तथा कार्यक्रमले केही ऊर्जा थपिएको नगरपालिकाका स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here