चौतर्फी आलोचना पछि साम्राज्ञीको जवाफ: कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ

0

काठमाडौं। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला चारै तिर आलोचना भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो ।रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

 

केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् ।

 

जापान रोजगारका लागि भाषा परीक्षाको मिति सार्वजनिक-जापान रोजगारका लागि आउँदाे अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ । पहिलो चरणमा केयर गिभरका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । किनकी, जापानले पहिलो चरणमा केयर गिभर लैजाने छ । भाषा परीक्षापछि सीप परीक्षा हुनेछ ।

 

सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् । परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको छ ।

 

नेपालले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता गरेको थियो । सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरको लागि जनशक्ति लैजान लागेको हो । सम्झौतामा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भनिएको थियो । सम्झौता नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेका थिए ।

 

गत डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदारलाई जापान भित्र्याउँने नीति पारित गरेपछि नेपाली कामदारलाई पनि जापान जाने बाटो खुलेको हो । जापानले नर्सिङ, सरसफाइ, उत्पादन मुलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा विदेशी कामदार लिन चाहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here