डिभोर्स नहुँदै छवि र शिल्पा दुबै जना जेल जान सक्ने ? जेठी श्रीमतीले हालिन् ‘बहुविवाह’को मुद्धा हेर्नुहोस (भिडियो सहित)

चलचित्र निर्माता छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् ।

 

छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले रोचक मोड लिएको छ । हेमाले दिएको जाहेरीमा लेखिएको छ, शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । मैले धेरै पटक सोधे तर तेस्तो केही नभएको बताएका थिए ।

 

तर मैले यहिले छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् । हेर्नुहोस यस्तो छ अन्तरबार्ता भिडियो

 

हेर्नुहोस भिडियो

Comment Your Views

You may have missed