सलाम छ .. सधै देश र जनताको पक्षमा लड्ने दुइ पत्रकार : रबि लामिछाने र अपिल त्रिपाठी , भ्रस्टाचारि र घुसखोरको सातो खादै..हेर्नहोस्।

0

नेपालको पत्रकारिता जगतमा जनतालाई राहत दिने काममा २४ घण्टा खटिएका एक पत्रकार प्रस्तोता हुन् रबि लामिछाने जसले न्युज २४ मार्फत सिधा कुरा जनता कार्यक्रम संचालन गरेर जनताको लागि काम गर्दै आएका छन्। नेपाली समाजमा हुने गरेका घुसखोरी र भ्रस्टाचार बिरुद्ध लडिरहेका उनले सम्बन्धित प्रसासन भन्दा पनि प्रभावकारी भूमिका निर्बाह गर्न समाजमा सकारात्मक काम गर्दै अघि बढेका छन्। दुख र समस्यामा परेका नेपालीहरु मात्र नभएर बिदेशी सम्मलाइ सहयोग गर्दै आएका उनकै कारण धेरै नेपालीहरुले आफ्नो समस्याबाट मुक्ति पाएका छन्।

 

रबि लामिछाने जस्तै सम्बन्धित निकाय मा पुगी भैरहेका बेथिति र भ्रस्टाचार घुस खोर बिरुद्ध आवाज उठाउदै आफ्नो पत्रकारितामा लागिरहेका अर्को जल्दोबल्दो नाम हो अपिल त्रिपाठी। पोखराको गण्डकी टेलिभिजन मा प्रसारण हुने कार्यक्रम गण्डकी छड्के लिएर सरकारी कार्यालय पुगेर भैरहेको सर्बसाधारणको समस्यामा उनले आवाज उठाउदै आएका छन्। नेपाल को पत्रकारिता जगतमा रबि जस्तै गरि उदाएका उनि अर्का पत्रकार हुन्। अपिल त्रिपाठी पनि अन्याय र अत्याचारमा परेका जनमानसको हितका लागि काम गर्ने गरेका छन । अपिल त्रिपाठीले पनि सर्बसाधारणकै अनुरोधमा घुस्याहा कर्मचारी देखि कार्यालय सम्मको भण्डाफोर गर्ने गरेका छन्। अहिलेको समयमा सम्बन्धित निकाय भन्दा बढी रबि र अपिल जस्ता पत्रकार हरु प्रभावकारी तरिकाले काम गरिरहेका छन् र सम्बन्धित प्रसासन लाइ सघाइरहेका छन्।

 

प्रहरीको नजरले समेत देख्न नसकेको भ्रस्टाचारि र अपराधीहरुलाई रबि र अपिलले देख्न सफल बनेका छन् र मिडियामा खुलाउन सफल भएका छन ! समाजमा नकारात्मक काम गर्नेहरुका लागि यी दुइ नामले नराम्रो काम गर्न एक पटक सोच्न बाध्य बनाउने नाम बनेका छन्। सरकारले जनतालाइ राहत दिन नसकेको बेलामा अहिले उनीहरुले गरेको भुमिकाले धेरै जनतालाइ राहत मिलेको छ । देश भित्र देखि बाहिर समस्यामा सहयोग गर्ने कोहि छ है हाम्रो भन्ने अनुभूति गर्न पाएका छ सर्बसाधारणले। यसरि सधै देश र जनताको हितका लागि काम गर्दै अघि बढिरहेको यी दुइ सपुत लाइ सधै जनताले साथ् छन्। उनीहरुपनि जनताकै लागि भनेर सरकारि कार्यलमा हुने गरेको अनियमितता र भ्रस्टाचार र भ्रष्ट कर्मचारिलाइ दरो झापड हान्दै अघि बढिरहेका छन् र जनताको दैनिक सहज बनाउने कोसिस गरिरहेका छन्। उनीहरुलाई सफलताको सुभकामना।

 

देश र जनताले अपिल र रबि जस्ता देश र जनताको लागि लडिरहनेलाइ सधै सम्मान गरिरहनेछ ।