जोसमा होस गुमाए पछि साम्राज्ञीको बेइजत!

0

नेपाली सेलिब्रेटीहरु विभिन्न काण्डमा नमज्जा सँग फसिरहका हुन्छन् । यतिवेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नग्न तस्बिर सार्वजनिक भएर भाइरल भएको छ ।\

तस्बिर भाइरल भएपछि अहिले उनको चौतर्फी आलोचना भइरहको छ । इण्डोनेसीयामा आफ्ना प्रेमीसँग गरेको मस्ती सार्वजनिक भएपछि नायिका शाह तनावमा परेकी छिन् । आराम गर्न भन्दै प्रेमी लिएर इण्डोनेसियाको वाली पुगेकी साम्राज्ञीको हर्कतका कारण आराम होइन निद हराम हुने स्थिति आएको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् ।

तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही अन्तरंग तस्वीर सार्वजनिक भएका छन्, जसले उनको आलोचना भैरहेको छ ।

चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना खुबै भएको थियो । अहिले, प्रेमीसँगको अन्तरंग तस्वीरले उनको आलोचना भैरहेको छ ।

सेलिब्रिटी भैसकेपछि कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक छ । साम्राज्ञीले यो कुरामा ख्याल नगरेको चलचित्रकर्मी नै बताउँछन् । उनी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छन् ।

यो पनि

चर्चाका लागी पुजा शर्माको यस्तो फण्डा

पछिल्लो समय फिल्मको लगानी बालुवामा पानी भइरहेको छ । एकदुई छोडेर भन्ने हो भने सबै फिल्मका लगानी डुबेका छन् । तर पनि निर्माता निर्देशकले चर्चाका लागि फिल्म निर्माणमा मात्र होइन, शुभ–मुहूर्तमा समेत तडक भडक गर्न छोडेका छैनन् ।

यस्तै तडक भडक फिल्म ‘म यस्तो गीत गाउँछु २’ले पनि गरेको छ । मंगलबार गोरखाको मनकामना मन्दिरमा शुभ–मुहूर्त भएको यस फिल्मका कलाकार मनकामना मन्दिर हेलिकोप्टर चार्टर गरेर पुगेका छन् ।

फिल्मका निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा काठमाडौं देखि हेलिकोप्टर चार्टर गरेर मनकामना पुगेका थिए ।

मुहूर्तमा अभिनेत्री पूजा र पलले नै फिल्मको क्ल्याप ठोकेका थिए । सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्मको अशोजदेखि छायाँकनमा जाने बताइएको छ ।

फिल्ममा पल र पूजासँगै सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् ।