वर्षा लाग्यो ; कर्णाली पुलको जोखिम कायमै

0

राजापुर- बर्दियाको राजापुर हुलाकी राजमार्ग अन्तर्गत बर्दियाको राजापुर र कैलालीलाई जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ। गत वर्षदेखि नै पुलको राजापुर तर्फको किनारमा ठूलो प्वाल परेपनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो ।

 

 

प्रदेशर नम्वर ५ र प्रदेश नम्वर ७ लाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको ताराजालीसहित तटबन्ध वर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका १ का स्थानिय बासिन्दा प्रभानन्द न्यौपानेले बताए । कर्णाली नदीले धार परिवर्तन गरी पुलको किनारबाट बग्न सुरु गरेसँगै पुलको किनारमा ठूलो प्वाल परेको देखीन्छ । न्यौपानेका अनुसार पुलको राजापुर तर्फको दुबै किनारमा नदीले तलबाट कटान गरेर ठूला ठूला प्वाल परेका छन्। पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवातजावतमा समेत समस्या परेको छ । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ। पुलको उत्तरतर्फ बनाइएको तटबन्ध भत्किने अवस्थामा पुगेपछि पुल उच्च जोखिममा परेको हो। रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयवधि भन्दा झण्डैं नौ महिना अगाडि निर्माण सम्पन्न गरेको उक्त पुलको किनारमा ठूला ठूला प्वालहरु परे पनि यसअघि मर्मत गर्दै आएको थियो। गत वर्षदेखि निर्माण कम्पनीले मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन्। स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएको एक वर्षपछि नै तारजाली भाँसिन सुरु भएको थियो।

वर्षायाम लागेसँगै नदीमा पानीको सतह बढ्न थालेपछि तारजाली भाँसिने गरेको स्थानीय तथा बर्दिया उद्योग वाणिज्य संघका अध्क्षय कूष्ण कुमार रेग्मीले बताए । ‘नदीमा पानीको सतह बढेसँगै पुलको किनारको तारजाली भाँसिदै गएको छ, उनले भने,’गत वर्षसम्म निर्माण कम्पनीले तारजाली भर्दै आए पनि यस वर्ष कसैले ध्यान नदिएका कारण पुल जोखिममा परेको हो।’ नदीमा पुल निर्माण गर्दा बीचमा बनाइएका डाइभर्सनले नदीले धार परिवर्तन गरिएका कारण वर्षेनी पुल जोखिममा पर्दै गएको हो। स्थानीयले पुलको संरक्षणका लागि नदीको बीचमा बनेका साना टापुहरु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन्।

कर्णाली चिसापानी पुलभन्दा तल कर्णाली नदीको बीचमा सयौंको संख्यामा टापुहरु रहेका छन । नदी किनारको तटबन्धको तारजाली भासिँदै गएका कारण पुल नै जोखिममा परेको हो । अध्यक्ष रेग्मीले भने,’जोखिममा परेको पुललाई स्थानिय सरकार प्रदेश सरकार संघीय सरकारले मर्मत गर्नुपर्ने हो, खै किन हो उसले ध्यान दिएको छैन।’ पुलको संरक्षणका लागि राजापुर नगरपालिकासँग आफुहरुले समन्वय गरने बताए ।­

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here