सिर्जनशील नेपाल द्वारा हावाहुरी पीडितका लागि १ लाख सहयोग संकलन

२५, जेठ २०७६

गोबिन्द सोडारी/लम्कि, २५ जेठ :  कैलाली, कञ्चनपुर लगाएतका जिल्लाहरु मा जेठ २३ गते राति अाएको हावाहुरुले ठुलो मात्रामा धनजनको क्षति भएको छ । अहिलेसम्म २ जनाको मृत्यु भैसकेको छ भने सय भन्दा बढि घाइते रहेकाछन् ।

 

यश बिपतको घडीमा कैलालीको लम्किमा स्थापना भएको सिर्जनसिल नेपाल का युवाहरुले राहत संकलन गरिरहेको छन् । लम्कि चुहा नगरपालिकामा  करिब २/३ सय घरधुरी अहिले घरवारविहीन  भएकाछन् सबैभन्दा धेरै क्षति लम्लि चुहा नगरपालिका वडा नं ६ मा पर्ने वावनपुर,चैनपुर र बाघमारामा भएको सामाजिक अभियान्ता उदय भाटले बताउनुभएको छ ।

कैलालीको लम्कीमा भर्खरै नमुना अध्ययन गृह निर्माण गरेका सिर्जनसिल नेपालका युवाहरुले फेसबुक मार्फत राहत संकलन अभियान चलाएकाछन् । पीडितको घर आगनमा पुगि उनीहरुको अवस्था बुझि उनीहरुलाई सहयोग प्रदान गर्ने हौसला दिदै जनक सुनार, उदय भाट,र दिपक परियार लगायतको टीम यतिबेला निरन्तर लागि परेका छन।

उनीहरुको अभियान लाई साथ दिदै अमेरिका बाट हेम थापा बाट रु ५१ हजार, शुरेस लुहार बाट ५ हजार तथा विभिन्न समाजसेवी तथा व्यावसायि लगायत थुप्रै ठाउँबाट सहयोग आइरहेको र अझै सहयोग गर्न सिर्जनसिल नेपालका साथी हरुले अपिल गरिरहेका छन। यस्तो आपत बिपतको बेला सबैले सहयोग गर्नु पर्ने सिर्जनसिल नेपालका अध्यक्ष जनक सुनारले बताउनुभयो ।