प्रकाश सपुतले पहिलो पटक स्टेजमा ‘गलबन्दी’ गीत गाउँदा उर्लियो जनसागर…(भिडियो सहित)

२३, जेठ २०७६

काठमाडौँ ,२३ जेठ । पछिल्लो समयको निकै चर्चामा रहेको गीत हो गलबन्दी । करिब २ हप्ता पहिले सार्वजनिक भएको उक्त गीतले छोटो समयमै निकै चर्चा कमाउन सफल भयो । प्रकाश सपुतको शब्द सङ्गीत र प्रकाश सपुत स्वयम् र शान्तीश्री परियारको आवाज रहेको गलबन्दी गीतलाई दर्शकले अत्यधिक रुचाए ।  गायक प्रकाश सपुतले बजारमा ल्याएका धेरै गीतले राम्रो सफलता पाएका छन् । दोहोरी ब्याट, बोल माया, दोहोरी ब्याटल -२, गलबन्दी जस्ता गीत उनका निकै लोकप्रिय गीत हुन् । प्रकाश सपुत सम्पूर्ण नेपालीको मन मनमा बस्न सफल भइसकेका छन् । यो गीतले यस गीतका कलाकारलाई पनि निकै उचाइमा पुर्‍याइदिएको छ ।

 

यस्तै यसै गीतका गायक प्रकाश सपूत यति बेला देशका विभिन्न कार्यक्रममा निकै व्यस्त छन् । यस्तै प्रकाशले केही दिन अघि मात्र एक महोत्सवमा लाइभ प्रस्तुति दिएका थिए । प्रकाश स्टेज चढ्ने बित्तिकै त्यहाँको माहौल नै परिवर्तन भएको थियो । प्रकाशले गलबन्दी गाउँदा उनको लागि निकै हुटिङ आएको थियो । उनलाई हेर्नको लागि पुरा जनसागर नै उर्लिएको थियो । प्रकाशले पनि दर्शकका लागि निकै उत्साहका साथ प्रस्तुति दिइरहेका थिए । सबैले उनको निकै तारिफ पनि गरे ।

 

भिडियो हेर्नुहोस्