नेपालबाट घुम्न गएकी श्रीमतीलाई भेट्न नपाउदै रेलले लिग्यो मोहनको ज्यान !

२१, जेठ २०७६

मुम्बई -भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका आफन्तले बताएका छन ।

 

गुजरातको वापिमा काम गर्दै आएका मोहन आफ्नो श्रीमति डुप्कि परियार नेपालबाट आफन्तसंग महाराष्ट्रको ठानेसम्म आएपछि लिनका लागि रेल यात्रा गर्दै आइरहेका थिए ।

 

घरबाट आएकी श्रीमती डुप्कि परियार भेटन नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उहाको मृत्यु भएको थियो । आइतबार पालघारमा पोष्टमार्टम भएपछि ठानेबाट आफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरिसकेका उनका भाई प्रबिण विकले जानकारि दिनु भयो ।