पत्रकार अपिल त्रिपाठीले उच्च अदालत बाट पाए सफाइ : अाखिर के थियो मुद्दा ?

२०, जेठ २०७६

चर्चित पत्रकार अपिल त्रिपाठीले उच्च अदालत बाट सफाइ पाएकाछन् । झण्डै डेढ बर्ष देखि उहाको नाममा नेपाल टेलिकमले मुद्दा दर्ता गरेको थियो ।

 

फेसबुक स्टाटस्

 

यो जित कस्को ? – जनताको ।

नेपाल टेलिकमले मलाई बिपक्षी बनाई उच्च अदालतमा दायर गरेको मुद्धाको आज सम्मानित अदालतले मेरो पक्षमा फैसला सुनाएको छ । यो संगै नेपाल टेलिकम यस मुद्धामा २ पटक हारेको छ । यो सामान्य जित मात्र होइन, टेलिकम जनताप्रति उत्तरदायी हुनुपर्छ र सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्छ भन्ने कुराको नेपाल टेलिकमलाई गतिलो सबक पनी हो । टेलिकमको दम्भ अब चल्दैन भन्ने गज्जबको सन्देश पनी हो । यो जित मेरो मात्र हुदै होइन, यो जित हो – आम उपभोक्ताको । यो जित हो – आम जनताको । देशमा एउटा नजिर स्थापित भएको छ । झण्डै डेढ बर्ष देखी अदालतको कठघरामा उभिइरहदा, मलाई बिभिन्न माध्यमबाट साथ, समर्थन, सहयोग र हौसला दिने आम दर्शकहरु, मेरो पक्षमा वकालत गर्ने बिद्धान अधिबक्ता ज्युहरु, गण्डकी टेलिभिजनको ब्यबस्थापन र सहकर्मी साथीहरु, उपभोक्ता मञ्च, न्याय दिलाइदिने सम्मानित अदालत लगायत प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण महानुभावहरु प्रति ह्रदयदेखी आभारी छु । बिस्तृत बिबरण केही दिनमा सार्वजनिक गर्नेछु ।