यीनै हुन् ती चालक जसले गाडीको ब्रेकफेल हुँदा पनि बचाए ७० जना यात्रुको ज्यान !!(सम्मान स्वरूप शेयर गरौ )

१९, जेठ २०७६

जुम्लाबाट काठमाडौका लागी छुटेको ना. ५ ख ६३७ नम्बरको कर्णाली यातायतको बस दिउसो २ बजे दुर्घटना भएको हो । गाडिको ब्रकफेल भएपछि दुर्घटना भएको चालक सुरेन्द्र कुवरले बताएका छन ।घाइते हुनेमा बैतडी जिल्ला सिबनाथ गाउपालिका वडा नं. ५ का बर्ष ३८ का तेज बहादुर चन्द, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका वडा नं. १० बर्ष ३८ कि टिकालक्ष्मी न्यौपाने, जुम्ला जिल्ला पातारासि गाउपालिका वडा नं. ५ बर्ष ३५ कि कोइरे बुढा घाइते भएका छन ।इते मध्य टिकालक्ष्मी न्यौपान तेज बहादुर चन्दलाई जिल्ला अस्पताल कालिकोटले नेपालगन्ज रिफर गरेको छ । गाडिको क्षमता ४० जनाभए पनि ७० जना यात्रु सवार रहेका थिए ।

 

गाडिको बे्रेकफेल भएपछि चालक कुवँरले गाढि भित्ता तर्फ जोतेका थिए । कुनैपनि हालतमा बचाउनुपर्छ भन्ने चाहना भएकै कारण नआत्तिएर टुलो दुर्घना हुनबाट जोगाएको कुवँरले बताए ।

 

यात्रु र स्थानिय वासिन्दाहरुले ठुलो दुर्घना हुनबाट जोगाएको भन्दै चालक कुँवरलाई धन्यावाद दिएका छन् । त्यस्तै हिजो उदयपुर, गुल्मि लगायत देश भर दुर्घटनामा परी २० जना भन्दा बढिको ज्यान गएको छ ।