नेपालीको शिर उच्च राख्दै : बालगायकद्वय आयुष र प्रितम ‘सारेगमप’ को सेमिफाइनलमा,.

१८, जेठ २०७६

काठमाडौँ । नेपालका बालगायकद्वय प्रितम आचार्य र आयुष केसी ‘सारेगमप’ को सेमिफाइनलमा पुगेका छन्। शुक्रबार दुवै बालकले फेसबुक मार्फत सेमिफाइनलमा पुगेको जानकारी गराएका छन्। भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुन्छ।

 

सेमिफाइलनमा उनीहरु सहित ६ प्रतिस्पर्धी हुने कार्यक्रमको फर्म्याट छ। बालगायन रियालिटी कार्यक्रम सारेगमप गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको हो।

 

१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।

 

१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी भएका थिए। कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए। आयुष र प्रितम २०७२ सालमा भएको शुरशाला जुनियर आइडलका प्रथम र द्वितीय विजेता हुन्।