कस्ति निर्दयी अामा : अाफ्नै छोरालाई काटेर दुई टुक्रा पारिन यी अामाले

१६, जेठ २०७६

देवता समान आमा कति क्रुर बन्न सक्छिन् भन्ने उदाहरण बनेकी छन्, भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापा । उनले खुकुरीले रेटेर आफ्नै २२ महिने छोराको हत्या गरेकी छन् ।

 

प्रहरीका अनुसार उनले २२ महिने छोरा सम्बोधन थापालाई अचानोमा राखेर दुई टुक्रा बनाएकी हो । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिरहेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

 

दिदिको भनाई:

 

दिदिको रुदै भनिन – मैले बच्चा मारे भनेर आफैले भन्न आएछ, मैले पत्याईन । बच्चालाई छतमा नछोड लड्छ भनेर कराए । हतार हतार गएर हेरउ । कल्पना पनि गर्न नसकिने घटना भएछ । दिदिको अझै आँसु थामिएको छैन तर निर्दयी आमाको आखामा अलिकती पनि आँसु नदेखिएको उनकै दिदिले सुनाईन । बोल्न सकि नसकी बोल्दै उनले भनिन, म हाम्फालेर मर्छु भनेकी थि, हामिले रोकेउ ।

 

प्रारम्भिक चरणमा मानसिक सन्तुलन ठिक नभएको भनियतापनी घटना के कारणले भयो योत अनुसन्धान भएपछी थाहा होला, तर यो समाचार सुन्ने र देख्ने ब्यक्तिहरुको हात काप्छन, शरिरमा काडा उम्रन्छन, आँखा रसाउछन, बोलोकी शब्द गलामा अड्कन्छन । निर्दयी आमाको यो हर्कतले सबैलाई मर्माहत बनाएको छ । निशब्द बनाएको छ

 

भिडियो हेर्नुहोस ….