बुवा सम्बन्धि प्रेरणादायी र रोचक भनाइहरु : १ सेयर जरुर गर्नुहोला

१४, जेठ २०७६

जीवन आफ्नै रुपले अगाडी बढ्छ, एक्लै उभिने साहस गर्नुपर्छ । तर, आमा बुवा बिना त्यो एक्लो यात्रा पनि अधुरो जस्तै लाग्छ ।

 

बुवा सम्बन्धि प्रसिद्ध भनाइहरु

 

एउटा बुवा सयौं शिक्षक भन्दा महान हुन्छन् ।

– जर्ज हबर्ट

 

बुवाले मलाई सपना दिनुभयो, जसबाट मैले आफ्नो भविष्य देख्न सकें ।

– लिजा मिन्नेली

 

बुवा बनिसकेपछि व्यक्तिलाई धेरै जिम्मेवारीबोध हुन्छ । तिमीले त्यो भन्दा अगाडी नदेखेका धेरै कुराहरु देख्न थाल्छौ ।

– किड रक

 

जब बुवाले सन्तानलाई केही दिन्छन् , तब बुवा र सन्तान दुवै हाँस्छन् । तर, जब सन्तानले बुवालाई केही दिन्छन् , तब बुवा र सन्तान दुवै रुन्छन्।

– विलियम शेक्सपियर

 

जबसम्म तिमी बुवा बन्दैनौ, तब सम्म तिमीले बुवाले आफ्नो सन्तानको अनुहारमा हेरेर महसुस गर्ने माया र त्यो आशा बुझ्न सक्दैनौ ।

– केन्ट नेर्बर्ण

 

मैले जीवनमा भेटेका कुनै पुरुष मेरो बुवाको बराबरीका मलाई लागेन । मैले मेरो बुवालाई जति माया अरु कुनै पुरुषलाई गरिन ।

– हेड्य ल्यामर

 

मेरा बुवा को हुन् भन्ने कुराले मेरो लागि महत्व राख्दैन । मैले मेरो बुवालाई कसरि सम्झिन्छु, मेरो आफ्नो लागि मेरो बुवा को हुन् भन्ने कुराले महत्व राख्छ ।

– एन्ने सेक्सटन

 

आमाको माया पाउनको लागि तिमी योग्य हुनु पर्दैन, तर बुवाको माया पाउनको लागि तिमी योग्य बन्नुपर्छ ।

– रोबर्ट फ्रोस्ट

 

बुवा बन्नु भनेको तिमी आफ्नो सन्तानको लागि रोल मोडल बन्नु हो ।

– वेन रुनी

 

मेरो बुवा मसंग हुनुहुन्न, तर मलाई थाहा छ, मेरो बुवाले स्वर्गबाट मलाई हेरिरहनुभएको छ ।

– बब्बा वाटसन