भद्रगोलकी रक्षाको श्रीमान पहिलो पटक मिडियामा आए ! सानैमा बिहे भएको खुलाशा (भिडियो हेर्नुस)

१३, जेठ २०७६

काठमाडौं-नेपालकै न १ कमेडी सिरियल भद्रगोलकी चर्चित पात्र हुन्, रक्षा श्रेष्ठ । वास्तविक नामबाटै उक्त सिरियलमा अभिनय गर्दै आएकी रक्षाले भद्रगोलमा पाएको लोकप्रियताले कलाकारितामा अन्य क्षेत्रमा पनि फैलिन पाएकी छिन् । उनी निरन्तर म्युजिक भिडियोमा काम गर्दैछिन् भने बिभिन्न स्टेज कार्यक्रमहरुमा पनि उनको व्यस्तता छ । पछिल्लो समय उनले अभिनय गरेको पिडालु बोलको लोक दोहोरी गीत चर्चाको शिखरमा छ ।

 

भद्रगोल हेर्ने र रक्षालाई चिन्ने धेरैलाई अझै थाहा नहुन सक्छ कि, रक्षा श्रेष्ठ बिवाहित कलाकार हुन् । जिग्रीसँगको सिरियलमा केमेष्ट्री र रिल लभका कारण पनि धेरैले रक्षा अबिवाहित नै होलिन् भन्न्े बुझेका छन् तर त्यसो होईन्, रक्षा बिवाहित हुन् । उनको श्रीमानको नाम मिग्मा भएको बुझिन्छ कारण रक्षाले आफ्नो हातमा श्रीमानको नामको ट्याटु पनि हानेकी छिन् । भिडियो हेर्नुस