कालागाउ मा जारी भलिबल प्रतियोगिता समापन : प्रथम हुने टिमले जिते ५० हजार

३, जेठ २०७६

गोबिन्द सोडारी/ अछाम, ३ जेठ : कैलाश बहुमुखी क्याम्पसको १० अौ बार्षिक उत्सवको अवसरमा कालागाउमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा सम्पन्न भएको छ ।

 

बैशाख ३० गते देखि जारी भलिबल प्रतियोगितामा जम्मा ७ टिमको सहभागी रहेको थियो । जसमा प्रथम विवेकशील युवा कलब प्रथम भएको छ भने क्रमश दोस्रो झकाश (प्रकाश) युवा कलब दोस्रो, अनुरा पन्चदेवल युवा कलब तेस्रो भएको छ । प्रथम हुने टिमले ५० हजार, दोस्रो  हुने टिमले ३० हजार र तेस्रो टिमले २० हजार नगद प्राप्त गरेकोछन् ।