अज्ञात समूह द्धारा मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

१, जेठ २०७६

यज्ञराज उपाध्याय / अछाम, जेठ १ । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञाात समुहले आगजनी गरेको छ ।

 

नगरपालिकाको बा १ ज ३६९४ नम्बरको गाडिमा राती २ बजे तिर आगजनि गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए ।

 

नगरपालिकाका प्रमुख चढ्ने गाडि करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार गाडीमा आगलागी नभई आगजनी नै गरिएको हो । नगरपालिका कार्यालय परिसरमै राखिएको गाडीमा राती अचानक आगजनी गरिएको बताए ।

 

डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसक्यो बताए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत जानकारी दिए । सेतो खबर बाट