टीकापुरमा एक युवकले गरे झुन्डिएर आत्महत्या

३१, बैशाख २०७६

यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ३१ : कैलालीको टीकापुरमा मंगलबार दिउँसो एक युवकले झुन्डिएर आत्महत्या गरेका छन । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १९ बस्ने टेक बहादुर रावलका २८ बर्षिय सन्दिप रावलले झुन्डिएर आत्महत्या गरेका हुन ।

 

उनी आफ्नै घरको कोठाको सिलिङ पङ्खामा डोरी बाधेर झुन्डेको अवस्थामा दिउँसो करिब १ बजेतिर फेला परेका थिए । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी हवल्दार सहदेव कार्कीका अनुसार मृतक रावल अलिकति सुस्तमनस्थितिका थिए ।

 

झुन्डिएर मर्नुको खास कारण भने खुलेको छैन । उनलाई अहिल पोस्टमार्टमका लागि टीकापुर अस्पताल ल्याइएको छ ।