कैलाश बहुमुखी क्याम्पसको १० अौ बार्षिक उत्सव सम्पन्न : अर्थ मन्त्री झपट बोहरा द्धारा कार्यक्रमको उदघाटन

३०, बैशाख २०७६

गोबिन्द सोडारी अछाम,३० बैशाख  : कैलाश बहुमुखी क्याम्पस कालागाउँ को १० अौ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकोछ ।

 

कैलाश बहुमुखी क्याम्पस संञ्चाल समितिका अदक्ष्य नयन सोडारीको अदक्ष्यता मा भएको १० अौ बार्षिक उत्सव कार्यक्रममा प्रमुख अथिति प्रदेश नं ७ का अार्थिक तथा मामिला मन्त्री सम्माननिय झपट बोहरा, बिशिस्ट अथिति माननीय बल बहादुर सोडारी रहनु भएको थियो ।

 

संञचालन समितिका उपाध्यक्ष पुष्प भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कैलाश बहुमुखी क्याम्पस प्रमुख हेम राज खनालले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भुतपुर्व सञ्चालक समितिका सम्पुर्ण पदाधिकारीहरु लाई सम्मान समेत गरीएको थियो । क्याम्पस स्थापना काल देखि अाज सम्म सहयोग गर्नुहुने सम्पुर्ण दाताहरु सम्झिदै धेरै धेरै धन्यवाद समेत दिनु भयो ।

 

कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधि, समाज सेवि, गाउपालिका तथा वडाका प्रनिनिधि, बिद्यार्थी, अभिभावकहरु को समेत उपस्थिति रहेको थियो । कार्यक्रम भरत बहादुर सोडारीले सञ्चालन गर्नुभएको थियो  ।