७ बर्षे छोरीलाई आमाले काम गर्ने घरमै पटक-पटक बलात्कार भएको खुलाशा (भिडियो हेर्नुस)

२३, बैशाख २०७६

(सबैले शेयर गरौं)

बलात्कारीलाई कारवाही होस !!

आमाले काम गर्ने घरमै छोरीको पटक पटक बलात्कार भएको खुलाशा | ७ बर्षे छोरीले रुदै “आमा पिसाब गर्ने ठाउँ दुख्यो”भनेपछि आमाले थाहा पाईन् ।

रामेछापकी बिनिता माझी आफ्नो ७ बर्षकी छोरी र कान्छो छोरासंग काठमाडौं, एयरपोर्ट नजिकको एउटा कोठामा डेरा गरेर बस्दै आएकी छिन् । बिनिताको श्रिमान बिष्णु माझी परिवार पाल्न खांडी मुलुकमा छन् । छोरा छोरी पाल्न, पढाउन घर भाडा तिर्न र दुई छाक टार्न श्रीमानलाई सहयोग होस भनेर बिनिताले अरुको घरमा भांडा माझ्ने र लुगा धुने काम गर्न थालिन् । पढाई छु्टी हुंदा ७ घरमा हेर्दिने कोहि नभएपछि  बर्षकी छोरी बबिता माझीलाई पनि उनले आफुसंगै काममा लाने गरेकी थिईन् । बिनिताका अनुसार उनले काम गर्ने घर मध्ये एक घर थियो, तिलगंगाका ५० बर्ष माथिका राजु कडेलको ।

 

केहि महिनाअघि छोरी बबिताले आफ्नो संवेदनशिल अंग दुखेको भनेपछि डाक्टरलाई जचाउंदा उनी माथि पटक पटक बलात्कार खुल्यो । बिनिताले यस बिषयमा छोरीसंग कुरा गर्दा बबिताले राजु कडेल को कालो कर्तुतको पर्दाफास गरिन् । आमा छतमा लुगा धुन जांदा घर मालिक राजुले ७ बर्षे बबितालाई चक्लेट दिई फकाउंदै उनी माथि शोषण गर्ने रहेछन् । अनि यो कुरा कसैलाई नभन्नु भन्दै धम्क्याउने र फकाउने रहेछन् ।

 

छोरीमाथि यस्तो भएको थाहा पाएपछि आमा बिनिता छांगाबाट खसिन् । काठमाडौंमा कोहि नभएकी बिनिताले बिदेशमा रहेका श्रीमान बिष्णुलाई पनि यो कुरा भन्न सकिनन् । तर उनले आफुले काम गर्ने एक घरको मिल्ने दिदीसंग यो कुरा बताईन् । उक्त दिदीले दोषीलाई सजाय हुनुपर्छ, श्रीमानलाई बताउ भनेपछि बबिताले श्रीमानलाई सबै कुरा बताईन् । श्रीमान बिष्णुले सबै घटना खुलाउंदै हामीलाई फोन गरेपछि शिशिर भण्डारीको टिम बिनिताको कोठामा पुगेको थियो ।

भिडियो हेर्नुस-