वैशाख २६ गते नेकपाका अध्यक्ष प्रचण्ड पुनः बिहे गर्दै : कारण यस्तो रहेछ ?

२३, बैशाख २०७६

काठमाडौँ । आगामी वैशाख २६ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालको विवाह भएको ५० वर्ष पुग्दैछ । यहि बैसाख २६ गते अध्यक्ष प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । यस पुनः विवाहले प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।