६ बर्ष पछि श्रीमतीलाई भेट्दा भावुक बने खडग बहादुर जोगी

२२, बैशाख २०७६

दुबईमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपाली पांच बर्षको जेल सजायपछि जिवितै नेपाल फर्किएका छन् । दुवईमा रहँदा आफुसँगै काम गर्ने एक फिलिपिनी नागरिकको हत्याको आरोप लागेपछि मृत्यु दण्ड पाएका तेह्रथुमका खड्गबहादुर जोगी पाँच वर्ष जेल सजाय पश्चात नेपाल फर्किएका हुन् ।

 

आइतबार नेपाल आइपुगेर उनले जीवितै फर्किने आशा शतप्रतिशत नलिए पनि सत्यको जीतका कारण आफु सकुशल स्वदेश फर्कन सकेको बताए । दुर्घटनामा परेको फिलिपिनीलाई मानवताको नाताले उपचारका लागि अस्पताल पुर्याउँदा आफु परिवन्दमा परी हत्याको आरोपी बन्नु परेको उनको भनाई छ ।

 

विभिन्न वयानका क्रममा उनलाई त्यहाँको अदालतले दोषी ठहर गरेपछि मृत्युदण्ड सुनाएको थियो । अरबी कानुनमा मृतकका आफन्तले ब्लड मनी स्वीकारेको खण्डमा मृत्युदण्ड माफी पाउने प्रावधान छ । अरबी कानुनमा भएको सोही प्रावधानका कारण मृतकको परिवारले माग गरेको ब्लड मनी बुझाए पछि जीवितै स्वदेश फर्किएका हुन् ।

 

उनलाई जिवितै फर्काउन उनको गृह जिल्ला तेह्रथुमबासीले उनलाई स्वदेश फर्काउन ब्लड मनी संकलन अभियान चलाएका थिए । सोही अभियानका कारण आवश्यक ब्लड करिब ८० लाख रुपैयाँ मनी संकलन भए पछि परराष्ट्र मन्त्रालयमार्फत दुबईमा ब्लड मनी पठाए पछि उनी नेपाल फर्किन पाएका हुन् । नेपाल फर्किए पछि मात्रै आफुले दोस्रो जीवन पाएको महशुष गरेको उनी बताउँछन् ।