विवाद पछि मिडियामा आए बिराज भट्ट : भन्छन् म रियलमा पनि मान्छे कुट्छु ( भिडियो सहित )

२१, बैशाख २०७६

काठमाडौ, २१ बैशाख : केही समय अगाडि नायक बिराज भट्ट र प्राविधिक शंकर पाण्डे बिच भएको हात हालाहाल भएको खबरले मिडियामा राम्रो चर्चा पायो । तर उक्त बिषयमा प्राविधिक शंकर पाण्डेलाई केही मिडियाहरुमा देखिए पनि मौन रहँदै आएका बिराज भट्ट मिडियामा देखिएका छन् ।

 

“उनले भने म पर्दामा हैन रियलमा साच्चिकै मान्छे कुट्छु, ‘धेरैलाई कुटेको पनि छुँ । तर खराब मान्छेलाई मात्र कुट्छु

नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘साङ्गलो’ औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । यो फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चन्डक देखिदैछिन् ।

 

नायक विराजले करिब १ वर्ष अगाडिदेखि फिल्मको निर्माणमा जुटेको बताए । उनले भने, मंैले धेरै फिल्म गरेको छु । पहिला पनि फिल्म गर्ने प्रयास गरेको थिए । तर जुन फिल्म मैंले जुन फिल्म गर्न खोजेको थिए । त्यो फिल्म निर्माणमा आएन । नेपाली फिल्म आफैले निर्माण गरेर किन दर्शकलाई नदिने भन्ने सोचले साङ्गलो बनाएको हो । मैले यो फिल्मको काम करिब एक वर्ष अगाडि नै सुरु गरेको हो । फिल्मको गीत र स्क्रिप्टमा काम भइरहेको थियो ।’ भट्टले ५० दिनको कार्य तालिका बनाएर वैशाख २४ गते देखि छायांकनमा जाने बताए ।

 

फिल्मकी नायिका निकिताले पहिला फिल्म खेल्न तयार नभएको बताइन । उनले भनिन, यो फिल्मको अफर आउदा उहाँलाई फिल्म गर्दिन भन्न गएको थिए । फिल्मको स्क्रिप्ट सुन्दा म रोए । यो फिल्म खेलिन भने पछुताउछु भन्ने लाग्यो । त्यसैले फिल्म साइन गरे । फिल्मको छायांकन सुरु हुन केहि दिन बाँकी छ । फिल्मलाई लिएर उत्साहित छु ।’ फिल्ममा विराज भट्ट, निकिता चन्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको अभिनय रहने छ ।

 

एक्सन लभ स्टोरी फिल्ममा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा द्वन्द निर्देशन श्री श्रेष्ठको रहेको छ । यो फिल्म मार्फत विराज भट्टले निर्देशनमा डेब्यु गर्दै छन् । फिल्ममा नवराज शर्मा मुख्य सहायक निर्देशक रहेका छन् ।