प्रमोदको नयाँ गीतमा टिकटकबाट हिट जुम्ल्याहा दिदिबहिनीसँग पल र प्रमोदको रोमान्स

७, बैशाख २०७६

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले ‘झुमा झुम्केवाली’को सफलतापछि नयाँ गीत ‘झुमा झुमा’को भिडियो सार्वजनिक गरेका छन् । म्यूजिक भिडियोको आकर्षणको केन्द्रमा टिकटकबाट चर्चामा आएका ‘ट्वीनी गर्ल्स’-प्रिज्मा खतिवडा, प्रिन्सी अतिवडा) रहेका छन् भने भिडियोमा चर्चित नायक पल शाह र गायक खरेल स्यमको दमदार अभिनय रहेको छ ।

 

हिमांशु रायमाझीले लेखेको गीतमा भिम बिसीले संगीत भरेका छन् भने उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्। भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । चल बतास चल, लाइ देउन मायाले, यो कुरा गोप्य, लगायतका चर्चित गीतहरुले एक पछि अर्को गर्दै सफलता बटुलीरहेका बेला प्रमोदले ल्याएको नयाँ गीत सार्वजनिक भए लगत्तै दर्शकले निकै रुचाएका छन् । भिडियो गायक खरेलकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।