चक्र बमकाे माैलिक देउडा ‘डाेटीकाे बैकान’ सार्वजनिक(हेर्नुहाेस् यस्ताे छ भिडियाे)

३०, चैत २०७५

धनगढी, ३०, चैत  : चक्र बमको मौलिक देउडा गीत ‘डोटीको बैकान’ सार्वजनिक भएको छ । भरत थापाको लय रहेको गीतमा चक्र बम र रेखा जोशीको स्वर रहेको छ । यस्तै गीतमा शब्द हर्क विवश खनालको रहेको छ भने एरेन्ज बिनोद बाजुरालीको छ । गीतको भिडियोमा चक्र बम र दिब्यानी बोहराको अभिनय सँगै मौलिक देउडा खेलले गीतले मौलिकता दर्शाउनुका साथै केटा र केटीबीचको माया प्रेम पनि देखाएको छ ।

 

पछिल्लो समय एकपछि अर्को चर्चित गीत बजारमा ल्याएर चक्र बमले देउडा क्षेत्रमा फरक स्थान बनाएका छन् । पछिल्लो समयमा रमाइलो र नाँच्ने गीतहरू ल्याइरहेका थिए । ‘डोटीको बैकान’ मौलिक गीतले स्थानिय भाषा र देउडा संस्कृतिको विकासमा पनि सहयोग पुर्याउने र अरू गीत जस्तै सबै दर्शकले यसलाइ पनि मन पराउनेमा गायक तथा मोडल चक्र बमले आफू विश्वस्त रहेको नेपाल रैबारसँग बताएका छन् । गीतको भिडियो युटुबमा चक्र बम च्यानल मार्फत सार्वजनिक भएको हो । नेपाल रैबार बाट

 

भिडियो