विनासकारी हावाहुरीको कारण घाईते भएका व्यक्तिहरूको निम्ति रक्तदान कार्यक्रम

१९, चैत २०७५

गोबिन्द सोडारी/काठमाडौं, १९ चैत : विनाशकारी हावाहुरीको कारण घाइते भएका  व्याक्तिहरु को लागि अखिल नेपाली बिद्यार्थी संघले अाज काठमाडौंको जमल मा रंकदान कार्यक्रम अायोजना गरेको छ ।

 

रक्त दान, जीवन दान ! भन्ने मुला नाराका साथ सो रक्त दान कार्यक्रम सम्पन्न भएको थियो । विनाशकारी घटनामा परी सक्त घाइते हुनु भएका व्यक्तिहरूलाई रगत आपूर्तिमा अभाव देखिएको हुनाले रक्त आपूर्तिमा सहयोग गर्न  जरो किलो महाअभियानको विशिष्टिकृत संस्था अखिल नेपाली विद्यार्थी संघले रंकदान कार्यक्रम आयोजना गरिएको थियो   । कार्यक्रममा ५० जना भन्दा धेरैले रंकदान गर्नुभएको थियो । यस कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटीको थियो भने सहयोगी संस्थाहरू साझा चुल्हो र सञ्चारयोग मिडिया रहेको थियो ।

 

चैत १७ गते भएको त्यो विनाशकारी हावाहुरीले बारा, पर्शा र रौतहट लगाएतका जिल्लाहरु मा ठुलो धनजनको क्षेति भएको थियो ।