सक्दो सेयर गरौ : दिल्लीका लागि सन्दीपले लिए पहिलो विकेट

१६, चैत २०७५

काठमाडौं, १६, चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भइरहेको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

 

उनले खेलको ३. ४ ओभरमा कलकता नाइट राइर्डसका खेलाडी निखिल नायकलाई आउट गर्न सफल भएका हुन् ।

 

आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर लामिछालाई आफ्नो तेस्रो खेलमा मैदान उतारेको हो ।

 

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा भइरहेको छ ।