अछाम महोत्सव आज बाट सुरु : सांसद यज्ञ बोगटीले उद्घाटन गर्ने

१५, चैत २०७५

गोबिन्द सोडारी/ अछाम, १५ चैत :  कृषि औद्योगिक, संस्कृतिक, पर्यटन, विकास र स्थानीय उत्पादनको प्रवर्द्धन भन्ने मुल नाराका साथ  अछाम मौसम २०७५ आजबाट सुरु हुँदैछ । महोत्सव यही चैत १५ गते देखि २२ गते सम्म मंगलसेन स्थित मालिका रङ्गशालामा सञ्चालन हुनेछ ।

 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ अछामको आयोजनामा हुन गईरहेको महोत्सवको अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय यज्ञ बोगटीले उद्घाटन गर्नुहुनेछ ।

 

औधोगिक सांस्कृतिक पर्यटन विकास र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव  सञ्चालन गर्न थालिएको महोत्सवमा अछाम सँगै सुदूरपश्चिमको लोक संस्कृति झल्काउने प्रदर्शनि  पर्यटन प्रवर्द्धनका लागि अछाम स्थित विभिन्न पर्यटकीय स्थलको पर्दशनी उत्पादित स्थानीय उत्पादनको प्रदर्शनी व्यावसायिक उद्यमशीलताका लागि सामग्रीसमेत स्टलमा प्रदर्शन  गरिने कार्यक्रम रहेको नेपाल घरेलु तथा साना  उद्योग महासंघ अछामका अध्यक्ष बम बहादुर रावलले बताउनुभयो ।

 

महोत्सवमा  राष्ट्रीय स्तर र स्थानीयस्तरका कलाकारहरू संगै नेपाल अाइडल सिजन २ का बिजेता रवि अोडको समेत बेजोड प्रस्तुति समेत रहने छ ।