प्रितम आचार्यको अर्को दमदार प्रस्तुती, ज्यूरीले बोके, प्रोमोमा छाए (भिडियोसहित)

१६, फागुन २०७५

इटहरी, १६ फागुन : भारतीय रियालिटी शो सारेगमप लिटल चाम्प्समा इटहरीका प्रितम आचार्य फेरी छाएका छन् ।

 

जीटिभीबाट प्रशारण हुने उक्त रियालिटी शोको आउँदो कार्यक्रमको प्रोमोमा फेरी पनि प्रितमले ठाउँ पाएका छन् । यो प्रोमोलाई जीटीभीले आफ्नो युट्युब तथा फेसबुकमार्फत् १२ घण्टा अघि शेयर गरेको छ ।

 

१५ जना प्रतिष्पर्धी रहेको प्रतियोगिताको प्रोमोमा प्रितम परेका हुन् ।

 

लगातार उत्कृष्ठ प्रस्तुती दिइरहेका प्रितमले बलिउड कलाकारहरु कृति, टोनी, कार्तिकको अगाडी आफ्नो दमदार प्रस्तुती दिएको प्रोमोमा देख्न सकिन्छ । उनले ‘पग घुघुरु बाधी मिरा नाचिथि’ बोलको गीत उनले गाएका छन् । जसमा ज्युरी र कार्यक्रमका अतिथि कलाकारहरु नाचेका छन् ।

 

प्रस्तुतीपछि उनलाई ज्युरीले मन्चमै गएर बोकेका छन् । उनको पहिलो कार्यक्रममा पनि उनले जजहरुको मन जितेका थिए । उनको प्रस्तुती लगातार चार्टबस्र्टर हुँदै आएको छ ।