मुम्बईमा नेपाली साहित्य प्रतिष्ठान भारतको भव्य बार्षिक उत्सव तथा रचनावाचन हुने

११, फागुन २०७५

कैलाली, ११ फागुन : फरक शैली र फरक धारमा नेपाली गजल साहित्यलाई उभ्याउने र गजल साहित्यको श्रिवृद्धिको उथ्थान उद्येश्यका साथ नेपाली साहित्य प्रतिष्ठान भारत एउटा वर्ष पार गर्नै लागेको यो खुशीको अबसर हामी तमाम मुम्वई र मुम्वई वाहिरका सबै साथीत्यनुरागीहरूमाझ साझा गर्न चाहान्छौ।

 

हामी धेरै उत्साहित छौ यतीवेला ( नेपाली साहित्य प्रतीष्ठान भारत ) को वार्षिकी मनाउन पाउने कुरामा।

त्यसो त परदेशमा बसेर नेपाली साहित्यसंग रूबरू भईकन यस्ता सभा,समारोह, कार्यक्रम गर्नु आफैमा एउटा कठिन कार्य हो ,एउटा चुनौती हो। कतै सर्जक साथीहरूको ब्यस्तता कतै पायक नपर्ने स्थान। र पनि यी सबै यावत कुराहरूसंग पौठेजोरी गर्दै नेपाली साहित्य प्रतीष्ठान भारतले एउटा कुशल समय बिताएको छ।

 

यो महान कार्यमा धेरै अग्रज दिग्गज साहित्यकार महानुभावहरूको भुमीका पनि निकै ठुलो छ। हामी उहाँहरू सबै सबैलाई सदा सर्वदा सम्झीरहन्छौ। र सम्झीरहने छौं। उहाहरूले लगाउनु भएको गुन ( नेपाली साहित्य प्रतीष्ठान भारत ) ले कहिल्यै भुल्ने छैन।

 

यतीवेला हामी नेपाली साहित्य प्रतीष्ठान भारतको एउटा सभ्य र भव्य वार्षिक उत्सब मनाउन गईरहेका छौ। धेरैलाई सुचना गरेर पठाई सकेका छौ, धेरैलाई सुचना गर्ने क्रममा छौ। यदि कतै हाम्रो दिमाग हजुरहरू सम्म पुग्न सकेन भने यसैलाई सुचना मानी ( नेपाली साहित्य प्रतीष्ठान भारत ) को वार्षिकी उत्सवमा उपस्थीती जनाई ठुलो गुन लगाईदिनहुन मुम्वई बासी स्रजक स्रष्टाहरूमा हार्दिक अनुरोध गर्दछौ।

 

नोट:-समय , स्थान र सम्पर्क नं. ब्यानरमा दिईएको छ।

धन्यवाद।।

अध्यक्ष : Suraj Nirdosh

महासचिव : Dipendra Bibaah Bista