भारतको उत्तराखण्डमा बस दुर्घटना, ४० भन्दा बढीको मृत्यु

१७, असार २०७५

भारत, उत्तराखण्डको गढवालमा बस दुर्घटना हुँदा ४० जना भन्दा बढीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने तीन जना गम्भीर घाइते छन्।

घाइतेलाई हेलिकप्टरमार्फत् उद्दार गरी अस्पताल लगिएको छ। भौनबाट रामनगर जाँदै गरेको मिनीबस आइतबार बिहान करिब ८ बजेतिर पिपली–भौन सडकमा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण हालसम्म यकिन नभए पनि बस अनियन्त्रित भएर खोल्सामा खसेको बताइएको छ।